सिभिल बैंककाे छलाङ, ६ महिनामा १५० प्रतिशतले नाफा वृद्धि


७ माघ २०७८, शुक्रबार

काठमाडौं, ७ माघ । सिभिल बैंकले व्यावसायिकतामा छलाङ नै मारेको छ । बैंकले चालु आर्थिक वर्ष २०७८र७९ को ६ महिना अर्थात् दोस्रो त्रैमाससम्ममा नै आफ्नो नाफा १५० प्रतिशतले वृद्धि गर्न सफल भएको हो । बैकले पुस मसान्तसम्ममा कुल ५० करोड रूपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैकले २० करोड २८ लाख रूपैयाँ मात्र नाफा गरेको थियो ।
तुलनात्मक रुपमा बैंकको यश वर्ष १५० प्रतिशतले नाफा वृद्धि गरेको हो ।

बैंकले सार्वजनिक गरेको चालु आवको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ६९ करोड ७९ लाख रूपैयाँ रहेको जनाएको छ ।
यस्तै बैंकको ईपीएस ११.६६ रूपैयाँ कायम भएको छ भने पीई रेसियो २१.८७ रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १२९.३९ रूपैयाँ छ ।

बैंकले खुद ब्याज आम्दानी बढाएर १ अर्ब ४६ करोड पुर्‍याएको छ जुन अघिल्लो वर्षको पुस मसान्तसम्म ९३ करोड रूपैयाँ मात्र थियो ।
बैंकको कस्ट अफ फन्ड, खराब कर्जा र ब्याजदर स्प्रेड कम भएको छ भने बेस रेट बढेको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७