माछापुच्छ्रे बैंकको ६ महिनाको नाफा एक अर्ब एक करोड


७ माघ २०७८, शुक्रबार
Machhapuchhere

काठमाडौं, ७ माघ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको ६ महिना अर्थात् पुस मसान्तसम्म एक अर्ब एक करोड रूपैयाँ खुद नाफा कमाएको छ। बैंकले अघिल्लो वर्षको पुस मसान्तभन्दा २१ करोड रूपैयाँले बढी नाफा कमाएको हो ।
यस्तै बैंकको खुद ब्याज आम्दानी बढेर २ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

बैंकको पीई रेसियो १६.८४ रहेको जनाएको बैंकले प्रतिसेयर नेटवर्थ १३४.५ रूपैयाँ कायम भएको बताएको छ । बैंकको कस्ट अफ फन्ड र बेस रेट बढेका छन् भने ब्याजदर स्प्रेड २.८७ प्रतिशतमा खुम्चिएको छ ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ६४ करोड ४७ लाख रूपैयाँ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७