‘कुन साइतमा निर्वाचन भए कुन दलले जित्छ त्यो संविधानमा छैन, तोकिएकै समयमा हुनुपर्छ’


८ माघ २०७८, शनिबार
bhimarjun acharya

काठमाडौँ : संविधानविद् डा. भीमार्जुन आचार्यले कुन महिना, कुन बार वा कुन साइतमा निर्वाचन भएमा कुन दलले जित्छ त्यो संविधानले उल्लेख नभएको बताएका छन् । संविधानमा तोकिएकै समयमा निर्वाचनको परिकल्पना भएको कारण तोकिएकै समयमा निर्वाचन हुनुपर्ने उनको भनाई छ ।

आफ्नो अनुकूलतामा निर्वाचन गराउने छुट नभएको आचार्यको भनाई छ । ‘कुन महिना, कुन बार वा कुन साइतमा निर्वाचन भएमा कुन दलले जित्छ, संविधानले उल्लेख गरेको छैन । दलहरू यसतर्फ नलाग्ने कि ?’ उनले सुझाएका छन् ।

जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन हुनैपर्ने संवैधानिक व्यवस्था छ । तर स्थानीय तहको निर्वाचनभन्दा पहिला प्रतिनिधि सभाको निर्वाचन गर्नुपर्ने प्रस्ताव माथि सत्तागठबन्धनले छलफल सुरु गरेपछि यसको बिरोध सुरु भएको छ । निर्वाचन आयोगले वैशाख १४ र २२ मा मिति प्रस्ताव गरेको छ ।

स्थानीय तहभन्दा पहिला संसदीय निर्वाचन हुन नसक्नेतर्फ उनले सचेत गराएका छन् । उनले भनेका छन्, ‘संविधानले न चाँडो (अर्ली) न ढिलो (डिले) तोकिएको समयमै निर्वाचन हुनुपर्ने व्यवस्था गरेको छ । जसअनुसार प्रतिनिधि सभाको पाँच वर्ष (धारा ८५) (५ वर्ष ननघाएर) र स्थानीय तहको ‘कार्यकाल (पाँच वर्ष) समाप्त भएको मितिले ६ महिना भित्र’ (धारा २२५) निर्वाचन सम्पन्न भैसक्नुपर्छ ।’

जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन हुनैपर्ने संवैधानिक व्यवस्था छ । तर स्थानीय तहको निर्वाचनभन्दा पहिला प्रतिनिधि सभाको निर्वाचन गर्नुपर्ने प्रस्ताव माथि सत्तागठबन्धनले छलफल सुरु गरेपछि यसको बिरोध सुरु भएको छ । निर्वाचन आयोगले वैशाख १४ र २२ मा मिति प्रस्ताव गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७