ठेकेदारको लापरवाही कारण स्काभेटरले लडाएको ढुंगा जीपमाथि खस्यो, तीनजनाको मृत्यु


९ माघ २०७८, आईतवार
Accident Nepal

ओखलढुंगा : ठेकेदारको लापरवाही कारण ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ३ नारायणस्थानमा तीन जनाले ज्यान गुमाएका छन् ।

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– १ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको यात्रु सवार बोलेरो जिपमा बाटो माथीबाट ढुंगा खसेर लागेको हो ।

ओखलढुंगा निशंखे सडक ग्राभेलको ठेक्का पाएको कान्छाराम कन्सट्रक्सनले स्काभेटर लगाएर बाटोमाथि बाटा ढुंगा झिक्ने काम गरिरहेको थियो । त्यही ढुंगा खसेर मोलीबाट ओखढुंगा आउँदै गरेको जिपमा लागेको हो ।

ठेकेदारको असावधानीका कारण दुर्घटना भएको देखिएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ बताए ।

जिपमा ६ जना सवार थिए । त्यसमध्ये सिद्धिचरण नगरपालिका– १ तलुवाका १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभन्ज्याङ गाउँपालिका-१ मोलीका ३० वर्षीय हेम मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा तीनजना घाइते छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र उनीहरूलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७