सांग्रिला विकास बैंकको १०६ औं शाखा बर्दियाको राजापुरमा


९ माघ २०७८, आईतवार
sangrila dev bank DleTxBVDDY 1

काठमाडौं, ९ माघ । सांग्रिला विकास बैंक लिमिटेडले आफ्नो १०६ औं शाखा बर्दियाको राजापुरमा सञ्चालनमा ल्याएको छ । राजापुर नगरपालिका वडा नं। ४ मा सञ्चालनमा ल्याइएको यस शाखाले ग्रामीण तथा शहरी क्षेत्रका ग्राहकहरुको उपस्थितिलाई थप दरिलो बनाउने बैंकले दाबी गरेको छ ।

राजापुर शाखा कार्यालय सञ्चालनमा आएसँगै सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले अन्य विभिन्न स्थानहरुमा पनि थप शाखा कार्यालय सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७