कामना सेवा विकास बैंकको शाखा कार्यालय दुलेगौडामा स्थानान्तरण


९ माघ २०७८, आईतवार
kamana WVLez19zuo

काठमाडौं, ९ माघ । कामना सेवा विकास बैंक लिमिटेडको शाखा कार्यालय दुलेगौंडा स्थानान्तरण गरिएको छ । तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं.८ ढोर फिर्दीको शाखा कार्यालय आइतबार दुलेगौडा वडा नं. ४ मा स्थानान्तरण गरिएको हो ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै शाखा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले र बलराम बरालले संयुक्त रुपमा उद्घाटन गरि सेवा सुरु गरिएको छ ।

यस बैंकले सामाजिक सञ्जाल बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विभिन्न डिजिटल माध्यमबाट समेत सेवा प्रदान गर्दै आएको छ । बैंकको देशभर १२९ वटा शाखा, १ विस्तारित शाखा, १ शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटिएम सुविधा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७