नेपाल इको प्यानलद्वारा स्मार्ट बिल्डरलाई डिलरको प्रमाणपत्र


९ माघ २०७८, आईतवार
krishana kadel

काठमाडौं ९ माघ। नेपाल इको प्यानलको ललितपुरको लागि डिलरमा स्मार्ट विल्डर एण्ड कन्सल्ट प्रालि नियुक्त भएको छ । नेपाल इको प्यानलबाट उत्पादित इको प्यानल ललितपुर जिल्लामा विक्रीवितरणका लागि स्मार्ट विल्डरलाई नियुक्त गरेको हो ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले स्मार्ट बिल्डरका प्रोपाइटर इन्जिनियर प्रदीप गुप्तालाई डिलर प्रमाणपत्र वितरण गरे ।

स्मार्ट बिल्डरको कार्यालय पुल्चोकको नबिल बैंकको अपोजिटमा रहेको छ । स्मार्ट विल्डरले विगत पाँंच वर्षदेखि प्रिफ्याब प्यानलको बिक्रीवितरणको काम गर्दै आएको छ । यसअघि स्मार्ट विल्डरले भारतिय प्यानलको विक्रीवितरण गर्दै थियो ।

भारतीयको ठाउँंमा नेपालमै बनेको इको प्यानल बिक्रीवितरण गर्न पाउँंदा आफूलाई खुशी लागेको स्मार्ट विल्डरका प्रोपाइटर इन्जिनियर गुप्ताले बताए ।

इको प्यानल नेपाल स्थायी तथा अस्थायी भौतिक संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने नयाँं निर्माण सामाग्री हो । हलुका, भूकम्पप्रतिरोधी, छिटो निर्माण सम्पन्न हुनेलगायतका विशेषताका कारण पछिल्लो समय यसको लोकप्रियता बढ्दो छ । यसको कारखाना भक्तपुरको चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७