डीआइजी गणेश ठाडामगरले नेतृत्व गरेको छिन्नमस्ता बाहिनीलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’


९ माघ २०७८, आईतवार
DIG Ganesh Magar

काठमाडौँ : यस वर्षको ‘उत्कृष्ट बाहिनी अवार्ड’ मधेस प्रदेश स्थित नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरीले पाएको छ । २१ औं सशस्त्र प्रहरी दिवस-२०७८ काे अवसरमा छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ठाडामगरले ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्राप्त गरेका हुन् ।

२१ औं सशस्त्र प्रहरी दिवस–२०७८ को अवसरमा आइतबार मुख्यालय हल्चोकमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले डीआइजी ठाडा मगरलाई उक्त अवार्ड प्रदान गरे ।

कार्य सम्पादनका आारमा यसवर्ष सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी उत्कृष्ट बाहिनी घोषित भएको हो ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रधानसेनापति प्रभुराम शर्मा लगायत उपस्थित थिए ।

Ganesh Magar APF
प्रधानमन्त्री शेरबहादुर देउवाबाट ‘उत्कृष्ट बाहिनी अवार्ड’ लिदैँ
डीआइजी गणेश ठाडामगर

अमर सशस्त्र प्रहरीका ७२ जना सन्ततिहरुको शिक्षाको लागि वार्षिक रुपमा उपलब्ध गराउने गरिएको छात्रबृत्ति रकम तथा १२ कक्षा उतीर्ण भई उत्कृष्ट अंक ल्याउने बहालवाला, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीका सन्तती २४ जनालाई छात्रवृत्ती स्वरुप उपलब्ध गराईएको नगद कल्याणकारी सेवा केन्द्रबाट उहाँहरुको बैक खातामा जम्मा गरिएको छ ।

यसैगरी ७० बर्ष पुरा भएका अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई जनही १२ हजारको दरले तथा बर्षभरी गम्भिर रोगले ग्रष्त भई उपचार गराई रहनुभएका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुको परिवारजन गरी ७५ जनालाई नगद सहयोग समेत उहाँहरुको बैक खातामा जम्मा गरिएको छ ।

सोही समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनालले ब्रेन ट्युमरबाट पीडित सशस्त्र प्रहरी कर्मचारीको परिवार सिजन सुनारलाई नगद ५० हजार रुपैयाँ सहयोग प्रदान गरे ।

सशस्त्र प्रहरी बल, नेपालको संचार, इन्ट्रानेट तथा फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त विशेष कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, नेपाल पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरु एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृत लगायत विल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७