तस्बिरमा २१ औं सशस्त्र प्रहरी दिवस


९ माघ २०७८, आईतवार
Armed Police Force and PM

काठमाडौंँ : सशस्त्र प्रहरी दिवसले आफ्नो २१ औं सशस्त्र प्रहरी दिवस–२०७८ मनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सशस्त्रको प्रधान कार्यालयमा आइतबार आयोजित ‘२१औं सशस्त्र प्रहरी दिवस २०७८’ विशेष समारोहमा सहभागी भए ।

प्रधानमन्त्री सहित गृहमन्त्री बालकृष्ण खाण, मुख्यसचिव शंकरदास, प्रधानसेनापति प्रभुराम शर्मा, गृहसचिव टेकनारायण पाण्डे, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु कार्यक्रममा सहभागी भए ।

सशस्त्र प्रहरीले आफ्नो २१ औं स्थापना दिवसको क्रममा विभिन्न बाहिनी, गुल्म, शिक्षालय तथा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकारीलाई पुरस्कृत गरेको छ।

समारोहमा यसवर्ष उत्कृष्ट बाहिनी घोषित सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडामगरलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरे ।

तालिम शिक्षालयतर्फ चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय उत्कृष्ट भएको छ। 

विपद् व्यवस्थापन तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अञ्जनीकुमार पोखरेललाई ट्रफी तथा प्रशंसापत्र प्रदान गरेका थिए। उत्कृष्ट शिक्षालय बन्न सफल कुरिनटारको विपद् व्यवस्थापन तालिम शिक्षालय ०५८ मंसिर १८ मा बेसक्याम्पको रुपमा स्थापना भएको थियो।

यसवर्ष उत्कृष्ट कार्यमा पुरस्कृत हुने अधिकृतहरुमा डिएसपी सुमनजंग थापा, डिएसपी सुमन बोगटी, सशस्त्र प्रहरी बल मुख्यालयमा रहेका सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापा उत्कृष्ट कार्य गरेवापत पुरस्कृत भएका छन्। त्यस्तै इन्स्पेक्टरहरु सुवर्ण पोखरेल, गान्धरकुमार चौलागाईं पनि पुरस्कृत भएका छन्। सशस्त्र प्रहरी बल नेपालको मधेश प्रदेश (तत्कालीन प्रदेश २) महोत्तरीमा रहेको छिन्नमस्ता बाहिनी मुख्यालय उत्कृष्ट भएकोमा पुरस्कृत गरेको हो।  

स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका ७२ जना सन्ततीहरुको शिक्षाको लागि वार्षिक रुपमा उपलब्ध गराउने गरिएको छात्रवृत्ति रकम तथा १२ कक्षा उत्तीर्ण भई उत्कृष्ट अंक ल्याउने बहालवाला, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीका सन्तती २४ जनालाई छात्रवृत्ति स्वरुप उपलब्ध गराईएको नगद कल्याणकारी सेवा केन्द्रबाट उनीहरुको बैंक खातामा जम्मा गरिएको जानकारी दिइएको छ।


हेर्नुहोस् कार्यक्रमका तस्बिरहरु :

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७