नेपाल प्रहरीमा पाँच एआईजीको दरबन्दी थपिने निश्चित, अब एआईजीको संख्या १०


१० माघ २०७८, सोमबार
Nepal Police 1

काठमाडौँ : सरकारले नेपाल प्रहरीमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को थप पाँचवटा दरबन्दी थप्ने तयारी गरेको छ । यसअघि प्रहरी प्रधान कार्यालयले ३ एआईजीका दरबन्दी थपका लागि गृहमन्त्रालयमा प्रस्ताव लगेको थियो ।

सरकारको निर्देशनमा प्रहरी प्रधान कार्यालयले तीनवटा दरबन्दी थप्न २९ पुसमा गृह मन्त्रालयमा प्रस्ताव पठाएको थियो । अर्थमन्त्री जनार्दन शर्माले ३ एआइजीको दरबन्दी स्वीकृतिका लागि सहमति दिइसकेका थिए । तर आकांक्षीहरुले शक्तिकेन्द्रमा थप दबाब बढाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अझै थप दुईवटा दरबन्दी थपेर प्रस्ताव तयार गर्न निर्देशन दिएका छन् । अब यो सँगै संख्या १० हुनेछ ।

स्रोतका अनुसार प्रधानमन्त्रीको निर्देशनपछि प्रहरी मुख्यालयले प्रस्ताव तयार पारीसकेको छ । राष्ट्रियसभाको माघ १२ को निर्वाचनपछि एआईजीको बढुवा गर्ने तयारी भइरहेको छ ।

गृह स्रोतका अनुसार डीआइजीत्रय धिरजप्रताप सिंह, उत्तम सुवेदी र रविन्द्रबहादुर धानुकलाई बढुवा गर्नका लागि ३ पद थप गरिएको थियो । तर डीआइजीहरु इश्वरबाबु कार्की, बसन्त पन्त र गणेश ऐरले दबाब बढाएपछि दरबन्दी थपिने भएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीका डीआइजी धिरजप्रताप सिंह, महानगरीय आयुक्त कार्यालयका उत्तमराज सुवेदी र प्रहरी प्रधान कार्यालयका रविन्द्रबहादुर धानुकले एआइजीजीमा बढुवा निश्चित जस्तै छ । यी तीन डीआइजीले दरबन्दी थप गराएपछि इश्वरबाबु कार्की, बसन्त पन्त र गणेश ऐरले पनि २ दरबन्दी थप गर्न लागेका छन् । ५ वटा दरबन्दी थपे पनि कार्की, पन्त र ऐरमध्ये एक अटाउँदैनन् ।

२०७३ मा एआइजीका दरबन्दी ३ वटाबाट थपेर १५ वटा बनाएका प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले आवश्यकै नभए पनि थप गर्न लागेका छन् । २०७४ मा केपी ओली प्रधानमन्त्री भएपछि एआइजीका दरबन्दी घटाएर ३ वटा बनाएका थिए । त्यसपछि बीचमा २ वटा थप गरी एआइजीका दरबन्दी ५ बनाइयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७