नेपाल वायुसेवा निगम दिल्ली स्टेसनमा बसेर मन्त्रीको धाक देखाउँदै यात्रुलाई सास्ती


१० माघ २०७८, सोमबार
NAC

काठमाडौँ : घटना नम्बर नं.१ :- गत ३ मंसिर २०७८ । नेपालको राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगम नेपालबाट दिल्लीबाट काठमाडौँ आउन लागेका आउन लागेका नेपाली यात्रुलाई समस्या पर्छ ।

यात्रुले आफ्नो राष्ट्रिय ध्वाजावाहक विमानको कर्मचारी देखेर नेपाली भाषामा आफ्नो समस्या सुनाउन खोज्छ । तर नेपाल एयरलाइन्स नयाँ दिल्लीका स्टेसन म्यानेजर निगमका सातौं तहका कर्मचारी मानबहादुर चौधरी निरन्तर हिन्दीमा बोल्छन् । ती यात्रुले अनुरोध गर्छ, ‘म नेपाली हुँ । नेपालीमा नै बोलुम् न सर ।’

चौधरीले रिसाएर भन्छ, ‘तपाईसँग मात्रै बोल्ने फुर्सद छैन मलाई ।’ ती यात्रुका अनुसार स्टेसन म्यानेजर चौधरी फुर्सदमा थिए । तर व्यस्त भए जसरी उनले यात्रुलाई कुनै सहयोग नै गरेनन् । यात्रु हिन्दीमै बोल्छन् । तर उनी फेरि नबोली बस्छन् ।

ती यात्रु भन्छन्, ‘म आफ्नो राष्ट्रिय ध्वाजावाहक विमानको कर्मचारी देखेर खुसी हुदै समस्या बताउन खोजिरहेका थिएँ । तर उनी हिन्दी बोलिरहे । नेपालीमा कुरा गर्न समेत चाहेनन् ।’

निगमको टिकट काटेका ती यात्रुहरु आफ्नो बच्चाको जन्मदर्ताको ‘ओर्जिनल’ प्रमाणपत्र नभएर समस्यामा परेका थिए । अध्यागमनमा यो समस्याको समधान उनैबाट त सम्भव थिएन । ‘समस्या समधान कसरी गर्ने ? त्यो सुझाव दिने काम स्टेसन म्यानेजर चौधरीकै थियो । तर उनले त्यो सुझाव दिनुको साटो चौधरीले राम्रो व्यवाहार गरेनन् ।

उल्टै ‘मेरो काम तपाईसँग बोल्ने मात्रै होइन’ भन्दै छेउमा रमिता हेरेर बसिरहे । विदेशी विमानस्थलमा स्टेसन म्यानेजर चौधरीले गरेको नमिठो व्यवाहारले आजित भएका ती यात्रुले समस्या समधानका लागि थप प्रयास गरेनन् । आफू सहित ४ जनाको टिकट काटेका ती यात्रु नयाँ दिल्लीबाट भारतको बाघढुग्राको उडान मार्फत नेपाल फर्किए ।

घटना नम्बर नं.२ : गत ५ पुस २०७८
उही नेपाल एयरलाइन्स नयाँ दिल्लीका स्टेसन । उही नेपाल एयरलाइन्स नयाँ दिल्लीका स्टेसन म्यानेजर हुन् निगमका सातौं तहका कर्मचारी मानबहादुर चौधरी । एक नेपाली यात्रुलाई समस्या पर्छ । चौधरीले यात्रुलाई सहयोग गर्नु त परै जावोस् व्यस्त छु भन्दै पन्छिए ।

स्रोतका अनुसार स्टेसन म्यानेजर चौधरीको यो नयाँ घटना भने होइन । समस्यामा परेका यात्रुहरुलाई सहयोग गर्नुको साटो ‘बार्गेनिङ’मा ध्यान रहेको निमग स्रोतकै दाबी छ । उनले मुख्य ध्यान टिकट बिक्रीमा रहेको स्रोतको दाबी छ ।

अहिले यात्रुहरुले नेपाल भ्रमणका निम्ती टिकटको मुल्य अनलाइन मार्फत हेर्ने गरेका छन् । तर दिल्लीदेखि काठमाडौंसम्मको उडानको लागि अनलाइनमा २० देखि ३० हजारसम्म देखिन्छ ।

तर सिधैं निगमको कार्यलयमा सम्पर्क गर्दा कम हुने गरेको छ । काठमाडौंस्थित निगमका कर्मचारीहरुसँग मिलेर उनले एउटा टिकट बराबर ५ हजार नाफा खाने गरेको स्रोतको दाबी छ ।

उनको बारेमा पटक पटक उजुरी समेत निगमको कार्यालयमा परेको छ । तर यात्रुहरुलाई समेत मैले ‘माथिल्लो निकाय सबैतिर मिलाएको छु’ भन्दै दादागिरी गर्ने गरेको स्रोतको दाबी छ । नयाँ दिल्ली कार्यालयमा जिम्मेवारी लिदा मन्त्रालयदेखि निगमको नेतृत्वलाई समेत ‘बुझाएर’ आएको हुँ भन्ने गरेको निगमकै कर्मचारीहरुको दाबी छ ।

उनको बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसम्म पनि गुनासो पुगेको छ । तर चौधरीले ‘मन्त्री समेत मिलाएको छु’ भन्दै धाक दिने गरेको यात्रुहरुको गुनासो छ ।

पाल वायुसेवा निगम अहिले दैनिक १ करोड घाटामा छ । ५० अर्ब बढी आर्थिक भार बोकेको छ । निगमले कर्मचारीको लागि मासिक १५ करोड पैसा खर्च गर्छ ।

कहालीलाग्दो समस्या भोगिरहेका निगमको प्रमुख गन्तव्य मध्येको एक स्थानको मुख्य कर्मचारीको यस्तो व्यवाहारले यात्रुहरु कम हुदा समेत निगम नेतृत्व ध्यान नदिनु दुःखत भएको निगमका अधिकारीहरुको भनाई छ ।

२०७५/०७६ मा गरिएको निगमको विस्तृत मूल्यांकन लेखापरीक्षणको तथ्यांकले गरिमामय राष्ट्रिय ध्वजावाहकको कहालीलाग्दो चित्र देखाउँछ। भ्रष्टाचार, विकृति र कमजोर व्यवस्थापनको उदाहरणीय नमुना निगम बनेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७