सीआइबीले सीइओलाई पक्रेपछि सिनर्जी फाइनान्स धरापमा


४ चैत्र २०७४, आईतवार
synergry

काठमाडौं, ४ चैत : बैंक सञ्चालनका लागि विभिन्न योजना बनाउने, कर्मचारीको काम चुस्त बनाउने मुख्य व्यक्तिलाई नै प्रहरीले नियन्त्रणमा लिएपछि बैंकको हाल कस्तो होला ? यसको सहज उत्तर छ–लथालिङ्ग । हो अहिले काठमाडौंस्थित सिनर्जी फाइनान्सको अवस्था यस्तै रहेको छ । synergry

सिनर्जी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विनितमणि तिमिल्सिनाको पाप धुरीबाट कराएपछि फाइनान्सको अवस्था मात्र लथालिङ्ग छैन, यससँग जोडिएका सर्वसाधरणको कारोबार समेत समस्याग्रस्त बनेको छ । यसअघि पनि बैंकिङ कसुरमा परेर पनि राजनीतिक पहुँचका आधारमा सिनर्जी फाइनान्सका सीइओ पदमा रहेका उनलाई तत्कालीन एपेक्स डेभलोपमेन्ट बैंकको केसमा प्रहरीले पक्राउ गरेपछि उनको पाप धुरीबाट कराएको हो । सिनर्जी फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत यसअघि पनि बैंकिङ कसुरको अभियोगमा जेल परेको भए पनि हाल फाइनान्सको सीइओ पदमा रहेका थिए । सिनर्जी फाइनान्समा पनि उनले मनपरी गरिरहेको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो ।

हाल सिनर्जी फाइनान्स कम्पनीमा सीइओ रहेका बिनितमणि उपाध्याय विगतमा वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी घोटाला प्रकरणमा जेल परेका व्यक्ति थिए । प्राप्त जानकारी अनुसार एक पटक बैंकिङ कसुरमा परिसकेका सीइओले हाल सिनर्जी फाइनान्सलाई समेत डुबाउन लागि परेका थिए । हाल सिनर्जी फाइनान्स लिमिटेडका सीइओ रहेका उपाध्याय तत्कालीन वल्र्ड मर्चेन्ट फाइनान्समा सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दुबै पदमा रहेका उपाध्याय उक्त फाइनान्स घोटाला प्रकरणमा पक्राउ परेर जेल समेत बसेका थिए । उनलाई करोडौं रुपैयाँ घोटाला गरेको अभियोगमा जेल हालिएको थियो । वल्र्ड मर्चेन्ट फाइनान्समा कार्यरत रहँदा उपाध्याय, ज्ञानेन्द्र श्रेष्ठ र सोही फाइनान्सका पूर्व प्रमुख कार्यकारी अधिकृत रञ्जित कोइराला समेतले आठ करोड रुपैयाँभन्दा बढी घोटाला गरी बैकिङ कसुर गरेको अभियोग लागेको थियो ।

स्रोतकाअनुसार उपाध्यायले फाइनान्समा प्रमुख कार्यकारीको रूपमा आउँदा कम सेवा सुविधा लिएर भए पनि आफूले जुनसुकै हालतमा पनि संस्थाको सिङ्गो वित्तीय अवस्थामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । तर जिम्मेवारी सम्हालेसँगै उनले फाइनान्सको चरम रूपमा स्रोत र साधनको दुरूपयोय गर्न थाले । फाइनान्सको नाममा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्दा तथा खराब कर्जा उठाउने नाममा ब्याज छुट दिनेलगायतका विभिन्न नाममा लाखौँ रुपैयाँ कमिसन खाने गरेका छन् । अहिले उपाध्यायलाई प्रहरीले पक्राउ गरेपछि उनीसंगै सिनर्जी फाइनान्स पनि धरापमा परेको छ । सिनर्जी फाइनान्समा पनि उनले करोडौंको घोटाला गरिसकेको भन्दै अख्तियारमा उजुरी समेत परेको छ । तर नियमनकारी निकायले त्यसको वास्ता नगर्दा अहिले सिनर्जी धरापमा परेको छ ।

यस्तो गम्भीर प्रकृतिको अभियोग लागेका कोइरालाले घटना सार्वजनिक भएलगत्तै देश छाडेका थिए । तत्पपश्चात केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले वल्र्ड मर्चेन्ट प्रमुख कार्यकारी उपाध्याय र श्रेष्ठलाई बैंकिङ कसुरको अभियोगमा काठमाडौंको पुतलीसडकबाट पक्राउ गरेको थियो । केही समय सीआइबीको हिरासतमा बसेका उपाध्याय अदालतले मागेको धरौटी बुझाएर रिहा भएका थिए । उक्त घटनापश्चात् बैंकिङ क्षेत्रबाट पलायन भएका उपाध्याय केही समय दुबईमा गएर समेत बसेका थिए । नेपाल फर्केलगत्तै फाइनान्सको वित्तीय अवस्थामा सुधार ल्याउने प्रतिबद्धतासहित सिनर्जीको सञ्चालक समितिलाई प्रभावमा पारेर फाइनान्स प्रवेश गरेका उपाध्याय अहिले पनि सिनर्जीलाई धराशायी बनाउने गम्भीर खेलमा लागेको स्रोतको दाबी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७