लोसपा भित्रको विवाद उत्कर्षमा, महन्थ र राजेन्द्र महतोबीच बोलचाल बन्द


१० माघ २०७८, सोमबार

काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समुहबीचको विवाद उत्कर्षमा पुगेको छ । प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्ष नियुक्तिको विषयलाई लिएर अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो समुहबीच सुरु भएको विवादका कारण दुबै नेतावीच बोलचाल समेत बन्द भएको छ ।

ठाकुरले प्रदेश २ को अध्यक्षसहित झन्डै १७ जिल्लामा एकलौटी रूपमा नेतृत्व चयन गरेपछि लोसपामा विवाद सुरु भएको थियो । यसैगरी प्रदेश २ मा जितेन्द्र सोनललाई अध्यक्ष ठाकुरले महतोसँग सल्लाह नै नगरी अध्यक्षको जिम्मेवारी तोकेपछि लोसपामा विवाद झनै चर्कियो ।

महतो पक्षले सोनलसहित धनुषा जिल्लाको अध्यक्षमा चयन भएका परमेश्वर साहलाई हटाउन नेताहरुले माग गरेका छन् ।

यस्तै, अध्यक्ष ठाकुरले विभिन्न जिल्लामा अध्यक्ष नियुक्त गरेका छन् । जसपा स्रोतका अनुसार बारामा नवलकिशोर सिंह, पर्सामा पुरुषोत्तम झा, रौतहटमा लिला साह, सर्लाहीमा रामप्रसाद यादव, महोत्तरीमा रामबाबु साहलाई ठाकुरले अध्यक्ष नियुक्त गरेका छन् ।

यसैगरी, धनुषामा प्रमेश्वर साह, सिरामा रामदयाल यादव, सप्तरीमा सुनिलकुमार झा, कपिलवस्तुमा कैलाश अग्रहरी र मोरङमा काविर अलिलाई जिल्ला अध्यक्ष ठाकुरले नियुक्त गरेका छन् ।

बाराका सिंह, पर्साका झा, धनुसाका साह, सर्लाहीका यादव र मोरंगका अलि ठाकुर समूहका नेता हुन् । यी अध्यक्षहरू ठाकुर अध्यक्ष रहेको तत्कालीन तमलोपा समूहका हुन् । यस्तै, महोत्तरीका साह, सिराहा यादव लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी समूहका अध्यक्ष हुन् । यी अध्यक्षहरू भण्डारी अध्यक्ष रहेको तत्कालीन रामसपा समूहका हुन् ।

रौतहका अध्यक्ष साह लोसपा नेता अनिल झा निकटका हुन् । सप्तरीका अध्यक्ष झा, कपिलवस्तुका अध्यक्ष अग्रहरी वरिष्ठ नेता राजेन्द्र महतो समूहका हुन् । यी अध्यक्ष महतो अध्यक्ष रहेको तत्कालीन सद्भावना पार्टीका नेता हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७