नेपाल प्रहरीको अर्धवार्षिक कार्य प्रगति समीक्षा : कस्ता छन् नयाँ चुनौती ?


१० माघ २०७८, सोमबार
IGP Nepal Police scaled

काठमाडौं : प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरीको आ.व. २०७८र०७९ को अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम सोमबार प्रहरी प्रधान कार्यालयमा भर्चुअल रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रतिनिधिको भर्चुअल उपस्थिति रहेको थियो ।

समीक्षा कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधि, सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले भर्चुअल रुपमा उपस्थित भई शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, ट्राफिक व्यवस्थापन सुधार सम्बन्धी भएका कार्यहरु बारे बताए ।

यसैगरी आर्थिक अनुशासन र पारदर्शिता, गुनासो व्यवस्थापन, भौतिक पूर्वाधार र स्रोत साधनको व्यवस्थापन, मानवस्रोतको व्यवस्थापन प्रणाली विकास, नागरिक केन्द्रीत प्रहरी सेवा प्रवाहमा सुदृढीकरण, मानवअधिकार संरक्षण र सम्वर्द्धन, सुरक्षा निकाय तथा अन्य निकायहरुको समन्वयमा प्रभावकारिता, विपद् व्यवस्थापन क्षमता अभिवृद्धि, नविनतम् कार्यको सुरुवात तथा कार्यान्वयन र अन्य उल्लेखनीय प्रयास तथा उपलब्धीबारे सम्पन्न भएका कार्यहरु सम्बन्धी प्रस्तुतीकरण गरे ।

कस्ता छन् नयाँ चुनौती ?

कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरीको सकृयताका कारण फैसला कार्यान्वयन, जघन्य अपराध, तस्करी नियन्त्रण तथा अनुसन्धानका क्षेत्रमा सकारात्मक प्रगति भएको तथ्याङकले देखाएको चर्चा गर्दै सवारी दुर्घटना, लैंगिक हिंसाका घटनाहरुको न्यूनिकरण तथा अनुसन्धान एवम् हिरासत व्यवस्थापनमा अझ संवेदनशील तथा गम्भीरताका साथ परिचालन हुनुपर्नेमा जोड दिए।

नागरिक सेवा एवम् मुलुकमा शान्ति सुव्यवस्था कायम गर्दै वस्तुनिष्ठ अपराध अनुसन्धान गर्न तथा कोभिड–१९ महामारीको समयमा समेत प्रहरी कर्मचारी विचलित नभई कार्य सम्पादन गर्न भर्चुअल रुपमा उपस्थित सबै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिए ।

पीडितले समयमै न्यायको आभाष गर्न सकेको अवस्थामा प्रहरीप्रतिको उनीहरुको भरोसा बढेर जाने भएकोले त्यसप्रति संवेदनशील भई कार्य गर्नुपर्ने बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मुद्दाको अनुसन्धान पश्चात अदालतमा गर्नुपर्ने बकपत्रको बिषय समेत अत्यन्तै संवेदनशील हुने भएकोले त्यसप्रति सचेत भई कार्यसम्पादन गर्नुपर्ने बताए ।

कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अनुसार काम कारवाही गर्न गराउन उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कोभिड–१९ को जोखिम न्यूनिकरण तथा रोकथामको लागि सबै प्रहरी कर्मचारीहरु थप क्रियाशिल हुनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७