‘गरिब’ प्रदेशका धनी मुख्यमन्त्री : ५६ तोला सुन, काठमाडौंमा घरजग्गा, ठाउँ-ठाउँमा जग्गा


१० माघ २०७८, सोमबार
jeevan bahadur shahi

सुर्खेत : कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा राखिएको सम्पत्ति विवरण अनुसार ५६ तोला सुन, २ किलो चाँदी, ९५ लाखको कार र ठाउँ(ठाउँमा जग्गा रहेको उल्लेख गरिएको छ ।

हुम्लाको सिमकोट ६ मा ३७३ कित्ता नम्बर र ७२३.७५ क्षेत्रफल वर्ग किलोमिटर, काठमाडौं महानगरपालिका १६ मा १६३ कित्ता नम्बर र ३३०.७५ क्षेत्रफल, श्रीमती वसन्ती शाहीको नाममा हुम्ला जिल्लाको सिमकोट ६ मा १८१ कित्ता नम्बर र ५४८.२५ क्षेत्रफलमा जग्गा, बाँके जिल्लाको खजुरामा २ बिघा (करिब १० लाख बराबरको) जग्गा रहेको उल्लेख गरिएको छ ।

चौरी, जुमा, गाई, गोरु गरेर १२ वटा, घोडा दुई वटा र भेडाबाख्रा ५० वटा रहेको र सबै आफ्नै घरमा पालेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७