वर्षमान पुन स्वास्थ्योपचारपछि स्वदेश फिर्ता


१० माघ २०७८, सोमबार
Barshaman pun welcome in Nepal

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन लामो स्वास्थ्योपचार गरी स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार उनलाई नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित माओवादीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।

करिब चार महिनाको उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरी सोमबार नेता पुन स्वदेश फर्किएका हुन् । माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्यसमेत रहेका पुन हिमालयन एयरलाइन्सको कार्गो विमानमार्फत् नेपाल फर्किएको माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।

पुनको बैंकक र चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार भएको थियो । विरलै देखिने वंशाणुगत जण्डिसका बिरामी पुनलाई शुरुमा ललितपुरको सुमेरु अस्पतालमा उपचार गरिए पनि सम्भव नभएपछि चिकित्सकको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक लगिएको थियो ।

‘म महासचिवको स्वभाविक दाबेदार हो’

Barshaman Pun

स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता पुनले आफू उपचारका क्रमका रहेका कारण महाधिवेशनमा भाग लिन नपाएको बताउँदै महाधिवेशनबाट पारित नीति र कार्यक्रमप्रति आफ्नो समर्थन रहेको प्रतिबद्धतासमेत जनाए ।

बैंककबाट चीनमा उपचार गर्न लगेको आफूले चीनकै अस्पतालमा पुगेपछि बल्ल थाहा पाएको बताउँदै उनले पुनर्जीवन पाएको बताए । पछिल्लो राजनीतिक घटनाबारे आफू अपडेट हुन बाँकी रहेको बताउँदै नेता पुनले गठबन्धन सरकार संविधानको रक्षाका लागि स्थापित भएको बताए ।

पुनले आफू महासचिवको दावेदार भएको बताए । केन्द्रीय कमिटी र पार्टी अध्यक्षसमेत सहमतिमै छानिएकाले अब पदाधिकारीहरु पनि सहमतिमै छानिनुपर्ने उनले बताए । जनवादी ढङ्गबाट प्रतिस्पर्धा भएमा आफूले महासचिवमा प्रतिस्पर्धा गर्ने उनले बताए ।

Onsari Gharti magar

‘पार्टीमा मैले महासचिवमा दाबी गरेको हुँ। विगतमा पनि सचिव भएर काम गरेको थिएँ। त्यसकारण महासचिवमा मेरो दाबेदारी स्वभाविक हो’ पुनले भने, ‘मैले चीनमा उपचार गराइरहँदा पनि भनेको थिएँ, यदी नेतृत्वले सहमति गरेमा मान्न तयार छु । यदी प्रतिस्पर्धा भयो भने पनि प्रतिस्पर्धा गर्छु भनेकै हुँ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७