सनराइज बैंकको नाफामा साढे २१ प्रतिशतको सङ्कुचन, के छ वित्तीय अवस्था ?


१० माघ २०७८, सोमबार
sunrise bank limited

काठमाडौं, १० माघ । चालु आर्थिक वर्ष २०७८र७९ को दोस्रो त्रैमाससम्म आइपुग्दा सनराइज बैंकको खुद नाफामा सङ्कुचन आएको छ । अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म कुल ९४ करोड ९४ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकको नाफामा सोही अवधिमा यस वर्ष २१.४७ प्रतिशतले नाफा घटेको हो ।

बैंकले जारी गरेको रिपोर्ट अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले जम्मा ७४ करोड ५५ लाख ४४ हजार रुपैयाँ मात्र नाफा कमाउन सकेको हो । यस्तै पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा १० करोड ११ लाख १८ हजार रुपैयाँ कायम भएको छ । बैंकको सञ्चालन नाफा घटेसँगै खुद नाफा प्रभावित भएको हो । सञ्चालन नाफा २१.५९ प्रतिशतले घटेर १ अर्ब ६ करोड ३४ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्ष बैंकले १ अर्ब ३५ करोड ६३ लाख ३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । यस्तै यता समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८० प्रतिशतले बढेर १ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७४ पैसामा आएको छ भने प्रतिसेयर नेटवर्थ २० रुपैयाँ ०१ पैसा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७