बाबु बन्दै गायक आदित्य नारायण


११ माघ २०७८, मंगलवार
aaditya narayan

काठमाडौँ : टेलिभिजन प्रस्तोता तथा गायक आदित्य नारायण चाँडै बाबु बन्दैछन् । आदित्यले सामाजिक सञ्जालमार्फत आफू बाबु बन्न लागेको जानकारी दिएका हुन्।

सामाजिक सञ्जालमा आफ्नी श्रीमती श्वेता अग्रवालको बेबी पम्पको तस्वीर गर्दै उनले नयाँ सन्तानको स्वागतका लागि आफूहरु आतुर रहेको उल्लेख गरेका छन् ।

आदित्य नारायणले आफ्नो एकाउन्टबाट प्रसूति सुटिङको तस्बिर सेयर गरेका छन्। यो तस्बिरमा उनी श्रीमती श्वेतालाई अँगालो हालेर बसिरहेका छन्।

आदित्यले तस्वीर शेयर गर्दै लेखेका छन्, ‘श्वेता र मलाई यो तस्वीर शेयर गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ । हामी चाँडै नै आफ्नो पहिलो बच्चालाई स्वागत गर्दैछौं ।’

आदित्य र श्वेताबीच सन् २०२० डिसेम्बरमा विवाह भएको थियो । विवाहअघि श्वेता चलचित्रमा काम गर्थिन् । उनले राघवेन्द्र, तन्दुरी लभ, शापित लगायतका चलचित्रमा अभिनय गरेकी छन् । आदित्य नारायण भने विशेषगरी सिंगिङ रियालिटी शोको होस्ट गरिरहेका छन् ।

उनको पोस्टमाई धेरैले बधाई दिएका छन्। गायिका श्रेया घोषालले कमेन्ट गर्दै लेखेकी छन्, ‘वाह कति खुसीको खबर सुनाउनुभयो। बधाई छ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७