त्रिपक्षीय वार्ताका लागि गोर्खाबाट छानिए भूतपूर्व मेजर जुदबहादुर गुरुङ


१२ माघ २०७८, बुधबार
Judda Gurung

लन्डन: बेलायत र नेपाल सरकारका प्रतिनिधिसहित भूतपूर्व गोर्खाहरुको आसन्न त्रिपक्षीय वार्तामा बस्न गोर्खाका तर्फबाट मेजर भूतपूर्व जुदबहादुर गुरुङ छनोट भएका छन् ।

सोमबार लन्डनस्थित नेपाली दूतावासमा भएको झण्डै ५ घण्टा लामो छलफलपछि भूतपूर्व गोर्खा संगठनहरुले गुरुङलाई मध्यस्तकर्ता (नेगोसिएटर) र प्रवक्तासहित वार्तामा बस्न सर्वसम्मत छानेका हुन् ।

छलफलमा गोर्खा सत्याग्रह बेलायत शाखाका संयोजक टकबहादुर गुरुङ, गेसोका तर्फबाट धर्म तामाङ, बिजिडब्लुएसका प्रकाश गुरुङ, नेसाका केशबहादुर गुरुङ, युबिजिएनका लक्ष्मी घिसिङ, अनसनकर्ताहरु पुष्पा घले, धन गुरुङ र ज्ञानराज राई सहभागी थिए ।

दूतावासका तर्फबाट द्धितीय सचिव रामबाबु नेपाल र सैनिक सहचारी रत्न गोदार संलग्न थिए । कार्यवहाक राजदूत रोशन खनाल भने कोरोना संक्रमणका कारण छलफलमा सहभागी भइनन् ।

गुरुङले दुई देशका सरकारबीच हुने निर्णायक वार्ताको टेबुलमा भूतपूर्व गोर्खाहरुलाई प्रतिनिधित्व गर्नेछन् । उनले गोर्खा समस्या, समाधानका विकल्प र यससंग सम्बन्धित वार्ताको अपडेट गर्ने छलफलमा सहभागी गोर्खा सत्याग्रहका अभियान निर्देशक ज्ञानराज राईले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७