प्रहरीको फेरिएको अड्डा : पहिले ‘एटिक’ रेस्टुरेन्ट, अहिले ओपेरा रेष्टुरेन्ट


१२ माघ २०७८, बुधबार
Armed Police Force and PM

काठमाडौँ : शक्ति र संवेदनशिलताको हिसाबले प्रहरी मुलुकको महत्वपूर्ण अंग हो । भनिन्छ, जब प्रहरीमा बढी राजनीति हुन्छ, त्यो मुलुक असफलतातिर उन्मुख हुन्छ । नेपाल प्रहरीमा पनि अत्याधिक राजनीतिक हस्तक्षेप हुने गरेको तथ्य घाम जस्तै छरलङ्ग छ ।

नयाँ प्रधानमन्त्री र गृहमन्त्री आउने बित्तिकै प्रहरीमा उथलपुथल हुने गरेको छ । यतिसम्मकी कुनै पार्टीमा नयाँ अध्यक्ष जनसंगठन भित्र हुने परिवर्तन भन्दा बढी प्रहरीमा हुने गरेको छ ।

मन्त्रालयमा नेतृत्व परिवर्तनसँगै प्रहरी संगठनमा मात्रै होइन शक्तिकेन्द्रका अड्डा पनि परिवर्तन हुने गरेको छ । यसअघि रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भएको बेला एउटा चर्चित अड्डा थियो, ‘एटिक रेस्टुरेन्ट ।’

नक्सालस्थित यही एटिक रेस्टुरेन्ट कुनै समय पूर्वराजा ज्ञानेन्द्रका पुत्र पारश शाहले आफ्नो जक्सन बनाएका थिए । त्कालिन गृहमन्त्रीका थापा प्रतिक थापाले पनि यही रेष्टुरेन्टलाई प्रहरी सरुवा बढुवाको सूची तयार पार्ने अड्डा बनाएको समाचारहरु आउने गरेको थियो ।

फेरिएको अड्डा

बालकृष्ण खाण गृहमन्त्री भए लगत्तै अड्डा पनि परिवर्तन भएको प्रहरी उच्च अधिकारीहरुले चर्चा गर्ने गरेका छन् । नयाँ अड्डा हो, महाराजगञ्जस्थित ओपेरा रेष्टुरेन्ट । ‘शक्तिशाली’ हरुको समेत लगानी रहेको अहिले ओपेरा प्रहरीको सरूवा, बढुवाका लागि चलखेल गर्ने अड्डा बनेको एक उच्च प्रहरी अधिकारीले बताए ।

स्रोतका अनुसार ओपेरा रेष्टुरेन्टमा कांग्रेस नेता अनिलकुमार रुङ्गगटा, अछामका हेमन्त धामी, प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीकी स्वकीय सचिव प्रकाश देउवा, प्रहरीका एक एआइजीको लगानी रहेको छ ।

ती अधिकारीले भने,‘आजभोलि प्रहरीका जुनियर, सिनियर अधिकृतहरूका नयाँ अड्डा ओपेरा रेष्टुरेन्ट बनेको छ ।’

सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) का ५ वटा दरबन्दी थप गर्ने तयारी गरेको छ । ३ वटा दरबन्दी कायम रहने र अरु २ वटा विशेष दरबन्दी राखी ५ डीआइजीलाई एआइजी बढुवा गर्न लागिएको चर्चा छ ।

एआइजीका दाबेदारहरु ओपेरा रेष्टुरेन्टमा दैनिक भेटिने गरेको स्रोतको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७