भूगर्भ विभागका महानिर्देशकसहित १८ जना विरुद्ध १ अर्ब २४ करोड भन्दा बढीको विगोसहित मुद्दा


१२ माघ २०७८, बुधबार

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे र उपमहानिर्देशक जयराज घिमिरेसहित १८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

आयोगले खनिज पदार्थ उत्खननमा अनियमितता गरेको आरोपमा विरुद्ध १ अर्ब २४ करोडभन्दा बढी रकम विगोसहित बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक घिमिरे, उपमहानिर्देशक तथा प्रवक्ता जयराज घिमिरे तथा ९ वटा कम्पनीका सञ्चालकसहित बुधबार विशेष अदालतमा मुद्दा दर्ता अख्तियारले जनाएको छ ।

Ram Parsad Ghimire
महानिर्देशक रामप्रसाद घिमिरे

यसैगरी भू–गर्भ विभागका सुपरीटेन्डेन्ट माइनिङ इन्जिनियर जयराज घिमिरे, कानुन उपसचिव सपना अधिकारी, उपन्यायाधीवक्ता चन्द्रकुमार पोखरेल, सिनियर डिभिजनल मेकानिकल इञ्जिनियर प्रशान्त बोहरा, सिनियर जिओलोजिस्ट धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत वसन्त अधिकारी र जिओलोजिष्ट डा. सौनक भण्डारी विरुद्ध मुद्दा दायर गरिएको छ ।

यसैगरी, सर्वोत्तम सिमेन्टका प्रबन्ध सञ्चालक विष्णुप्रसाद न्यौपाने, सिद्धार्थ मिनरल्स प्रालिका पशुपति मुरारका, मारुती सिमेन्टका शरद गोयल, अन्नपूर्ण कोएरिज प्रालिका ऋषि अग्रवाल, उदयपुर मिनरल्स टेक प्रवलजंग पाण्डे, युनाइटेड सिमेन्ट प्रालिका नरेश दुगढ, सोनापुर मिनरल्स प्रालिका निपेश टायल, कञ्चल कोयरिज प्रालिका भीमबहादुर थापा क्षेत्री र दोलोमाइट चुनढुंगा प्रालिका सञ्चालक मानबहादुर श्रेष्ठविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

खानी सञ्चालकसग मिलेर कर्मचारीले प्राकृतिक स्रोतसाधन दोहनमा सघाएको अख्तियारको ठहर छ । स्रोतका अनुसार चुनढुंगा उत्खननमा अनियमितता भएको आशंकामा अख्तियारमा उजुरी परेपछि अनुसन्धान गर्दा कर्मचारीले प्राकृतिक स्रोतसाधन दोहनमा सघाएको तथ्य भेटिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७