प्रदेश १ मा गोलाप्रथाबाट कांग्रेसका गोपाल बस्नेतले बाजी मारे


१२ माघ २०७८, बुधबार
Gopal basnet 8psU7rel2P

काठमाडौं , माघ १२ । प्रदेश १ राष्ट्रियसभा निर्वाचनको खुल्लातर्फ पाँच दलीय गठबन्धनका उम्मेदवार गोपाल बस्नेत विजयी भएका छन्।

गठबन्धनबाट कांग्रेसका उम्मेदवार बस्नेत गोलाप्रथाबाट विजयी भएका हुन्। खुलातर्फ एमालेका उम्मेदवार गुरु बराल र बस्नेतको बराबरी मत आएको थियो।

बस्नेतले प्रदेशसभाका ५० सांसदहरुबाट २४०० मतभार पाए भने स्थानीय प्रतिनिधिहरूबाट ११६ जनाको २०८८ मत पाएका थिए। बरालले प्रदेशसभाबाट ३८ सांसदहरुबाट १८२४ मत पाए भने स्थानीय तहबाट १४८ जनाको २६६४ मत पाए। यहाँ पनि दुवैको कुल मत बराबर भएको थियो।

त्यसपछि राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ ऐनको दफा ५८ अनुसार मत गोलाप्रथा अनुसार निर्णय लिइएको हो। गठबन्धनका बस्नेत र एमालेका बरालको बराबरी मत ४४ सय ८८ मत आएको थियो। बराबरी मत आएपछि भएको गोला प्रथाबाट निर्णय लिँदा बराल पछि परेका हुन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७