गण्डकीबाट राष्ट्रियसभामा गठबन्धनका तीनै उम्मेदवार विजयी


१२ माघ २०७८, बुधबार
gandaki rastriyasava o0bojMgTBY

काठमाडौं, १२ माघ । गण्डकी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनका तीनै उम्मेदवार विजयी भएका छन्।

पोखरामा भएको निर्वाचनमा गठबन्धनबाट महिलातर्फ कमला पन्त, दलितमा भुवनबहादुर सुनार र अन्यमा सुरेश आले मगर विजयी विजयी भए।

महिलातर्फ पन्त ३ हजार ८४ मतभारसहित विजयी भइन्। उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी लीला पोखरेल थनेतले २ हजार ७ सय २४ मतभार ल्याइन्।

दलिततर्फ भुवनबहादुर सुनार ३ हजार ४८ मतभारसहित विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अर्जुन कुमार सुनामले २ हजार ७ सय २४ मतभार प्राप्त गरेका छन्।

अन्यतर्फ माओवादीका सुरेश कुमार आले मगरले ३ हजार ९६ मतभार ल्याए। पराजित एमालेका पुण्यप्रसाद पौडेलले २ हजार ६ सय ९४ मतभार ल्याए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७