लुम्बिनी प्रदेशमा गठबन्धनकाको क्लिन स्विप


१२ माघ २०७८, बुधबार
lumbini pradesh samsad 1

काठमाडौं, १२ माघ । लुम्बिनी प्रदेशमा बुधबार भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्।

गठबन्धनमा नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्माले ४३७४, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरेले ४३६५ र राष्ट्रिय जनमोर्चाको तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्माले ४३४४ मत ल्याएर विजयी भए।

पराजित हुुनुुभएका उमेद्वारहरु दाङका रामदयाल गुप्ताले ३३१२, बाँकेका भारती खनाल उपाध्यायले ३३४८ र गुुल्मीका कृष्ण सुनारले ३३७८ मत ल्याए।

कर्मचारी मिलन केन्द्रमा भएको मतदानमा कुल २ सय ९६ मतदाता मध्य २ सय ९४ जनाले मतदान गरेका थिए। लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ जना र १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १५ जना गरी २ सय ९६ मतदाता थिए ।

प्रदेशसभा सदस्य सबै ८१ जनाले मतदान गरे भने स्थानिय तहका दुुई जना अनुुस्थित भएपछि २ सय १३ जना प्रमुख उपप्रमुखले मतदान गरेका थिए । लुुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य बनेका कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको ४ बर्षे कार्यकाल सकिन लागेपछि निर्वाचन भएको हो ।

आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ गरि १९ जना राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुदैछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७