मधेश प्रदेशबाट सत्ता गठबन्धनका खालिद सिद्धिकी विजयी


१२ माघ २०७८, बुधबार
siddiki VFAh1EK1Kn

काठमाडौं, १२ माघ । राष्ट्रियसभा सदस्य पदमा अन्य समूहतर्फबाट मधेश प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार खालिद सिद्धिकी विजय भएका छन्। जनता समाजवादी पार्टी जसपाका खालिद​ ‘अन्य समूह’ बाट ६६७८ मतभारसहित विजयी भएका हुन्। उनी सिरहाका हुन्।

एमाले लोसपा गठबन्धनका उम्मेदवार उसमान अन्सारी पराजित भएका छन्। एमालेका उसमानले २७६६ मत भार ल्याउन सफल भए। उनी कुल मतभार ६ हजार ६७८ ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी उस्मान अन्सारीले दुई हजार ७६६ मतभार हासिल गरे ।
सिद्दिकीले प्रदेशसभातर्फ ७५ र स्थानीय तहतर्फ १७१ मत हासिल गरे । प्रदेशसभातर्फ प्रतिमतको ४८ मतभार र स्थानीय तहतर्फ प्रतिमतको १८ मतभार रहने व्यवस्था छ । अन्सारीले भने प्रदेशसभातर्फ २५ र स्थानीय तहतर्फ ८७ मत हासिल गरे । निर्वाचन कार्यालयका अनुसार यो समूहतर्फ दुई प्रदेशसभा सदस्यसहित ८ मत बदर भएको छ ।

मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यमा ‘अन्य’ र ‘महिला’ तर्फ गरि दुई जनाको लागि निर्वाचन भएको हो। महिला तर्फ सत्ता गठबन्धनकै उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७