रोमियो फिल्मसको ब्यानरमा बनेको ‘घरजम’ पाँचौ निफमा छानिए


१२ माघ २०७८, बुधबार
gh 1

काठमाडौं , १२ माघ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौं संस्करण चैत १० देखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ । महोत्सवमा प्राप्त ५५ देशका ४०० भन्दा बढी फिल्महरूमा ३८ देशका ८९ फिल्म छनोट गरिएको निफले जनाएको छ । जसमा नेपाली मौलिक कथानक चलचित्र ‘घरजम’ छनोटमा परेको छ ।

रोमियो फिल्मस् प्रा. लि. को ब्यानरमा बनेको ‘घरजम’ को निर्माता किशोर कुमार लिम्बु र सीता कुमारी तुम्बापो हुन् । यस अघि ‘थात्थलो’ फिल्मको निर्माण गरी अभिनय संगै कलाकार क्षेत्रमा होमिएका निर्माता दम्पतीले म्यूजिक भिडियोहरुमा अभिनय साथै निर्देशन पनि गरेका छन् ।

‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ आयोजना हुन लागेको महोत्सवले ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्य सहित सुरु भएको यस फेस्टिभलमा यो वर्ष नेपाली प्रतिष्पर्धामा ५० हजार नगद पुरस्कार सहितको ‘वेष्ट डकुमेन्ट्री अवार्ड’ पनि थप गरिएको छ । यस अतिरिक्त नियमित रुपमा प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशि सहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ ।

यसैगरि सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको बाग्मती अवार्ड प्रदान गरिनेछ ।

त्यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्मलाई ५० हजार नगद र ट्रफी, उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी तथा सर्ट फिल्म मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिने छ, भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७