राष्ट्रिय वाणिज्य बैंकमा स्मार्ट क्युआर टेलर लागू, २ लाखसम्मको रकम भुक्तानीमा चेक नचाहिने


१२ माघ २०७८, बुधबार
Smart QR Teller eFQQ2ha03G

काठमाडौं, १२ माघ । राष्ट्रिय वाणिज्य बैंकले ५७ औं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्युआर टेलर सेवा लागू गरेको छ । बैंकले डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्धेश्यले माघ १० गतेबाट सेवा शुभारम्भ गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

बैंकले मोबाइल बैंकिङ सुविधा लिइएका ग्राहकहरुले आफ्नो मोबाइलबाट बैंक काउण्टरमा उपलब्ध क्युआर स्क्यान गरी २ लाख रुपैयाँसम्मको नगद भुक्तानी लिन सक्ने गरी सबै शाखा कार्यालयहरूको काउण्टरमा स्मार्ट क्युआर टेलर सेवा लागू गरेको छ । अब सिमित कारोबारको लागि बैंकमा चेक बोकेर गइरहनु पर्दैन ।

बैंकले इन्टरनेट नभएको स्थानमा पनि मोबाइल बैंकिङको कार्य गर्न सक्ने गरी अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा सेवाको माघ १० गतेबाटै शुभारम्भ गरेको छ । हाल देशभर बैंकको २ सय ५८ वटा शाखा कार्यालय, २ सय ४५ वटा एटिएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिङ सेवा संचालनमा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७