जनप्रतिनिधि लालच र प्रलोभनमा पर्दा प्रदेश-१ मा गम्भीर अन्तरघात : मौसम

‘निर्मम समीक्षा गर्छौ’


१३ माघ २०७८, बिहीबार
Indra Angbo

मोरङ । नेकपा माओवादी केन्द्र प्रदेश-१ संसदीय दलका नेता तथा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो ‘मौसम’ ले राष्ट्रिय सभा सदस्य निर्वाचनमा लालच र प्रलोभनमा परेर गम्भीर अन्तरघात भएको बताएका छन् ।

बुधबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश १ मा गठबन्धनको उम्मेदवारलाई हराउँदै एमालेका उम्मेदवार विजयी भएका हुन् । यसै सन्दर्भमा मन्त्री आङ्बोले बिहीबार बिहान टिप्पणी गरेका हुन् ।

‘संघीयताप्रति चौतर्फी प्रहार भइरहेका बेला झन हामी १ नं प्रदेशका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू हाम्रो एजेण्डा, जनता, पार्टी अनि नेतृत्वप्रति इमानदार बन्न सकेनौं, लालच र प्रलोभनमा परेर भएको यो गम्भीर अन्तरघात कुनै पनि पार्टीको निम्ति क्षम्य हुन्न’, मन्त्री आङ्बोले लेखेका छन्, ‘अब निर्ममतापूर्वक गम्भीर समीक्षा र पारदर्शी छानबिन गरेर प्रदेशको गठबन्धन अगाडि बढ्नु पर्छ बढ्ने छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७