गुगलका सीईओसहित ६ अधिकारीमाथि मुद्दा


१३ माघ २०७८, बिहीबार
sundarjpg Sij8pdRMQF

काठमाडौं । भारतको महाराष्ट्रस्थित एक अदालतको निर्देशनमा अल्फाबेट र गुगलका सीईओ सुन्दर पिचाई र कम्पनीका अन्य पाँच अधिकारीहरुमाथि मुम्बई प्रहरीले प्रतिलिपी अधिकार उल्लंघनको मुद्दा दायर गरेको छ ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार फिल्म निर्देशक सुनिल दर्शनले दिएको उजुरीमा गुगलले आफ्नो अनुमति विना नै अनधिकृत व्यक्तिलाई ‘एक हसिना थी एक दिवाना थी’ फिल्म युट्युबमा राख्न अनुमति दिएको उल्लेख छ ।

युट्युब अल्फाबेटकै एक कम्पनी हो। सुन्दर पिचाई पनि भारतीय मूलका अमेरिकी नागरिक हुन् । पिचाईलाई एक दिनअघि मात्र भारतको तेस्रो ठूलो सम्मान नागरिक पद्म विभूषण दिने घोषणा गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७