सोलुखोला जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना : एक कामदार बेपत्ता, एक घाइते


१३ माघ २०७८, बिहीबार
solukhola hydropower1640582876 iwzrXNdine

सोलुखुम्बु । निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक कामदार बेपत्ता भएका छन् । आज (बिहीबार) बिहान थुलुङ दूधकोशी गाउँपालिका-३ पञ्चन क्षेत्रको सुरुङ मार्गमा जाने क्रममा बकेट चुँडिदा एक कामदार बेपत्ता भएको र एक जनाको घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा बारा कोलभी नगरपालिका-१ का २४ वर्षीय राकेश चौधरी रहेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते भएका पर्सा जिल्ला पटेरवा गाउँपालिका-४ का २० वर्षीय अंगत राय थारुको उद्धार गरी उपचारका लागि एम्बुलेन्समार्फत मिसन अस्पताल ओखलढुङ्गा पठाइएको छ ।

बिहान ५ बजेको समयमा सुरुङ भित्र पेनस्टक पाइप बिछ्या्उन जानेक्रममा सामाग्रीसहित चार जना कामदार चढेको बकेट बीचमा पुगेर चुँडिएको प्रहरीले जनाएको छ । घटनामा अन्य दुई जनाको अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक ढकालले बताए ।

हराइरहेका चौधरीको खोजी कार्य जारी रहे पनि अन्य निर्माण सामाग्रीहरुका कारण समस्या भइरहेको प्रहरीले जनाएको छ । सुरुङ मार्ग भित्र मानिसका साथै निर्माण सामाग्रीहरु ढुवानीका लागि मेसिनद्वारा सञ्चालन हुने बकेट प्रयोग गर्ने गरिएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७