यातायातको जोर-बिजोरले भीड बढेको गुनासो, प्रावधान फेरबदल गर्दै स्थानीय प्रशासन


१३ माघ २०७८, बिहीबार
bus2020 03 22 06 25 01

काठमाडौं । सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली लागू गर्दा झन् भीडभाड बढेको गुनासो आएपछि उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूले त्यसतर्फ चासो देखाएका छन् ।

तीन जिल्लाका सिडिओहरुले अघिल्लो बुधबारदेखि जोर-बिजोर नियम लागू गराएका थिए । सार्वजनिक र निजी सेवा प्रदायक संघ-संस्था र कार्यालयहरू खुलिरहेको अवस्थामा सार्वजनिक तथा निजी यातायातमा जोर-बिजोर नियम लागू गरेपछि बस, माइक्रो, टेम्पोलगायतका सार्वजनिक यातायातमा अत्याधिक भीडभाड बढेको छ । सोहि विषयलाई मध्यनजर गर्दै छलफलको तयारी भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।

उनका अनुसार सीसीएमसीसी र स्वास्थ्य मन्त्रालयसँग सल्लाह गरेर जोर-बिजोर हटाउने तयारी गरिएको छ । ‘हामीले भीडभाड कम गर्नको लागि जोर-बसजोर लागू गरेका हौं, एक साता पनि भयो, तर सीमित यातायातका साधन गुड्दा झ्न बढी भीडभाड भयो, कित अन्य सेवा प्रदायक कार्यालयहरु पनि बन्द हुनुपर्दथ्यो,’ उनले भने, ‘यसलाई हामी आज भोलीमै सहज गराउने प्रयास गरिरहेका छौं ।’ उनले भक्तपुर र काठमाडौंका सिडिओसँग छलफल भइरहेको पनि जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७