६६ प्रतिशत जनसंख्यालाई ‘शहरी’ भन्नु हाँस्यास्पद, सच्याऊ : डा. बाबुराम भट्टराई


१३ माघ २०७८, बिहीबार

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नगरपालिका नामकरण गरिएको स्थानीय तहका जनसंख्या जोडेर नेपाल जस्तो पिछडिएको देशमा ६६ प्रतिशत जनसंख्यालाई ‘शहरी’ भन्नु गलत हुने टिप्पणी गरेका छन् ।

डा. भट्टराईले बिहीबार सामाजिक सञ्जालमार्फत ६६ प्रतिशत जनसंख्यालाई शहरी मान्न नसकिने जिकिर गरेका हुन् । ‘नगरपालिका नामकरण गरिएका स्थानीय तहको जनसंख्या जोडेर नेपाल जस्तो सबै हिसाबले अत्यन्त पिछडिएको देशमा ६६ प्रतिशत जनसंख्यालाई ‘शहरी’ (urban) भन्नु हाँस्यास्पद कुरा हो’, उनले भनेका छन्, ‘शहर बन्नाका निम्ति जनसंख्याको पेसा, जनघनत्व, भौतिक/आर्थिक/सामाजिक पूर्वाधारलगायत निश्चित मापदण्ड पूरा हुनुपर्छ । अतः यसलाई सच्याऊँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७