युक्रेनको सैन्य कारखानामा गोली चल्यो, पाँच सुरक्षाकर्मीको मृत्यु


१३ माघ २०७८, बिहीबार
Ukrine

काठमाडौं । युक्रेनमा रहेको एक सैन्य कारखानामा एक सैनिकले चलाएको गोली लागी पाँच सुरक्षा गार्डको मृत्यु भएको छ ।
अलजाजिराका अनुसार यो घटनामा थप पाँच जनाको मृत्यु भएको छ ।

बिहीबार डीनिप्रोस्थित पिभ्देन्मास मिसाइल फ्याक्ट्रीमा बिहान सबेरै यो घटना भएको हो । आक्रमणकारीले आफ्नो राइफलबाट गोली पैहरी गरी त्यहाँबाट भागेको युक्रेनको गृह मन्त्रालयले बताएको छ ।

प्रहरीले अहिले भागेका सैनिकको खोजी भइरहेको बताएको छ । अहिलेसम्म ती सैनिकले किन गोली चलाएका हुन् भन्ने खुल्न सकेको छैन । सुरक्षा, कृषि हवाई उड्डयन लगायतका क्षेत्रसँग सम्बन्धित सामग्रीहरु उत्पादन गर्दै आएको छ ।

युक्रेनको सेना अहिले निकै संवेदनशील अवस्थामा रहेको बेला युक्रेनमा यस्तो आक्रमण भएको हो । रुसले करिब एक लाख सैनिक युक्रेनको सीमामा तैनाथ गरेको छ । अमेरिकी सैन्य गठबन्धन नेटोले रुसले युक्रेनमाथि आक्रमणको योजना बनाइरहेको दाबी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७