लाइन मर्मत गर्दै गर्दा करेन्ट लागेर युवाको मृत्यु


१३ माघ २०७८, बिहीबार
current

बागलुङ । विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर बागलुङको गलकोटमा एक युवकको मृत्यु भएको छ । बिजुलीको पोलमा काम गरिरहेका बेला गलकोट नगरपालिका-६ ठूलाथरमा २७ वर्षीय डम्बर थापाको मृत्यु भएको हो ।

ताराखोला गाउँपालिका-४ घर भई गलकोट नगरपालिका-५ बस्ने थापाको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी गलकोटका प्रमुख अर्जुनबम मल्लले बताए । केही समयदेखि यहाँ हरिचौर सबस्टेसनको लाइन मर्मत गर्ने क्रम चलिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७