ह्वात्तै घट्यो चाँदीको आयात


१४ माघ २०७८, शुक्रबार
chadi

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि चाँदीको आयातमा ठूलो ह्रास आएको छ । राष्ट्र बैंकले पुस पहिलो साता चाँदीको आयात गर्न एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । परिणामस्वरूप यसको आयात ह्वात्तै घटेको हो ।

एलसी खोल्न शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था हुनुअघि मासिक २ अर्बभन्दा बढीको चाँदी आयात हुने गरेको थियो । तर, राष्ट्र बैंकको सो व्यवस्थापछि पुसमा ६ करोड २ लाखको मात्रा चाँदी आयात भएको छ । भन्सार विभागबाट प्राप्त पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

विभागको तथ्यांक अनुसार मंसिरदेखि नै चाँदी आयातमा कमी आएको छ । गत मंसिरमा पनि २९ करोड रुपैयाँको मात्रा चाँदी आएको छ । त्यसभन्दा अघिल्ला महीनाहरू कात्तिकमा २ अर्ब ५ करोड, असोजमा ३ अर्ब ५१ करोड, भदौमा ४ अर्ब र साउनमा २ अर्ब ६२ करोड रुपैयाँको चाँदी आएको छ । समग्रमा चालू आवको ६ महीनामा १२ अर्ब ५७ करोडको चाँदी भित्रिएको तथ्यांक छ ।

पछिल्लो समय आयात बढी हुँदा नेपालसँग भएको विदेशी मुद्रा उच्च परिमाणमा बाहिरिने गरेको छ । तर, सोअनुसार विदेशी मुद्रा आर्जन हुन सकेको छैन । फलस्वरूप विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दै गएको छ । सोही अवस्थालाई दृष्टिगत गर्दै राष्ट्र बैंकले चाँदी लगायत विलासिताका वस्तुको आयात गर्न एलसी खोल्दा मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७