ट्राओरेलाई अनुबन्ध गर्ने बार्सिलोनाको तयारी


१४ माघ २०७८, शुक्रबार
traore Y4N79XlJXy

काठमाडौं । बार्सिलोनाले स्पेनका विंगर एडामा ट्राओरेलाई आफ्नो टोलीमा भित्र्याउने तयारी थालेको छ । बीबीसीका अनुसार बार्सिलोनाले यसको लागि वार्ता पनि सुरु गरेको छ । ट्राओरेले आफ्नो करियर बार्सिलोनामा नै सुरु गरेका थिए ।

बार्सिलोनाले सुरुमा ट्राओरेलाई लोनमा ल्याउने र पछि पूर्णरूपमा टोलीमा सामेल गर्ने तयारी गरेको हो । यसअघि टोटनह्यामले पनि उनलाई आफ्नो टोलीमा सामेल गर्न चाहेको थियो । यद्यपि उक्त प्रस्ताव वुल्भ्सले अस्वीकार गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७