बैंकमै भेटियो नक्कली नोट


१४ माघ २०७८, शुक्रबार
money 1
सांकेतिक तस्वीर

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकास्थित सिद्धार्थ बैंकमा नक्कली नोट फेला परेको छ । स्थानीय नुम बजारमा रहेको सिद्धार्थ बैंकको शाखा कार्यालयमा नक्कली नोट फेला परेको हो ।

स्थानीय एक महिलाले जम्मा गर्न ल्याएको नगदको बिटोमा एक हजारको एउटा नक्कली नोट फेला परेको सिद्धार्थ बैंक नमु शाखाका सहायक प्रबन्धक दिलबहादुर विश्वकर्माले जानकारी दिए ।

‘नोटलाई कलर प्रिन्ट गरिएको छ । अन्य नोट भन्दा अलि सानो आकार भएकाले सजिलै पत्ता लाग्यो,’ विश्वकर्माले भने । नक्कली नोट फेला परेपछि प्रहरीले ती महिलालाई केन्द्रमा राखेर अुनसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७