मेसी बिनै अर्जेन्टिनाको जित, ब्राजिल बराबरीमा रोकियो


१४ माघ २०७८, शुक्रबार
Capture1643339325

काठमाडौं । नियमित कप्तान लियोनल मेसी विना खेलेको अर्जेन्टिनाले शुक्रबार बिहान फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोट प्रतियोगितामा चिलीलाई २-१ ले हराएको छ । ब्राजिल भने इक्वेडरसँग १-१ को बराबरीमा रोकिएको छ ।

कोभिड-१९ संक्रमित भएका मेसी पूणर् रुपमा फिट नभएका कारण अर्जेन्टिनाको टिममा थिएनन् । अर्जेन्टिनाले एन्जेड डी मारियाको गोलबाट दशौं मिनेटमा अग्रता लिएको थियो । चिलीका बेन ब्रेरेटनले २१औं मिनेटमा बराबरी गोल फर्काए । ३४औं मिनेटमा लाउटारो मार्टिनेजले गरेको गोल अर्जेन्टिनाको जितमा निर्णायक बन्यो ।

यसअघि नै कतारमा हुने विश्वकपमा स्थान पक्का गरिसकेको अर्जेन्टिनाले जितसँगै १४ खेलबाट ३२ अंक जोडेको छ । जुन शीर्ष स्थानको ब्राजिलको भन्दा चार अंकले पछाडि हो । पराजित चिली भने १६ अंकका साथ सातौं स्थानमा छ । दक्षिण अमिरिकाबाट शीर्ष चार टोलीले विश्वकपमा स्थान बनाउँछन् । पाँचौं स्थानमा रहने टोलीले प्लेअफबाट गुज्रनु पर्नेछ । अर्जेन्टिना र ब्राजिल जारी विश्वकप छनोटमा अहिलेसम्म अपराजित छन् ।

ब्राजिलले सुरुमै अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा एक अंकमा चित्त बुझाउनु पर्यो । दुबै टोली दश खेलाडीमा सीमित बनेका थिए । ब्राजिलले छैटौं मिनेटमै कासेमिरोको गोलबाट अग्रता लिएको थियो । १५औं मिनेटमा एलेक्जेन्डर डोमिनगुइजले रातो कार्डको सामना गरेपछि इक्वेडर दश खेलाडीमा सीमित बनेको थियो । २०औं मिनेटमा इमर्सन रोयलले दोस्रो पहेंलो कार्डको समना गरेपछि ब्राजिल पनि दश खेलाडीमा सीमित भयो ।

खेल सकिन १५ मिनेट बाँकी हुँदा इक्वेडरका फेलिक्स टोरेस बराबरी गोल फर्काएका थिए । बराबरीपछि एक खेल बढी खेलेको इक्वेडर २४ अंकका साथ तेस्रो स्थानमा छ । जुन शीर्ष स्थानमा रहेको ब्राजिलको भन्दा १२ अंकले पछाडि हो । चौथो स्थानको उरुग्वेभन्दा पाँच अंकले माथि हो । उरुग्वेले आजै बिहान पाराग्वेलाई १-० ले हराएको थियो । पाराग्वेको जितमा लुइस स्वारेजले ५०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । पराजित पाराग्वे १३ अंकका साथ नवौं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७