सामाजिक सुरक्षा भक्ता हिनामिनाको आरोपमा ५३ लाख विगो दाबी गर्दै वडा सचिवविरुद्ध मुद्दा


१४ माघ २०७८, शुक्रबार

नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिका-२ को वडा कार्यालयका वडा सचिव सरिता राउत समेत तीन जना उपर भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राउतसहित तीन जनाविरुद्ध ५३ लाख एक हजार ८५६ रुपैयाँ बिगो कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । वडा कार्यालयबाट गएको २०७७ चैत २४ गते रातको समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनी ल्याएको रकम र विभिन्न शीर्षकबाट उठेको राजस्व रकम शंकास्पद रुपमा हराएको घटना सम्बन्धमा अनुसन्धान हुँदा सो रकम हिनामिना गरेको पाइएको थियो ।

वडा सचिव राउत र कार्यालय सहायक रामकुमार गिरीले रकम बैंकबाट लिएर आएको र कार्यालयमा राउत, गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रको रोहवरमा उक्त रकम राखिएको थियो ।

दराजको सेफको चाबी सरिता राउत र रामकुमार गिरीसँग रहेको एवं ढोकाको चाबी निलप्रसाद मिश्रले बोकेको साथै घटनापश्चात कुनै पनि चाबी लगाएको ठाँउमा तोडफोड भएको नदेखिएको, सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाको लागि समन्वय समेत नगरेको देखिएको र वडा कार्यालयमा रकम राखी घर गएको देखिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७