कांग्रेसको ३७ सदस्यीय कार्यसम्पादन समिति गठन, शेखर पनि समेटिए (सूचीसहित)


१४ माघ २०७८, शुक्रबार
sanepa congress

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन गरिएको छ । कार्यसम्पादन समिति बढीमा ४७ सदस्यीय हुने भए पनि सभापति शेरबहादुर देउवाले अहिलेलाई ३७ सदस्यीय मात्र बनाएका छन् । वर्तमान कार्यसमितिका १३ पदाधिकारी बाहेक देउवाले २४ जनाको नाम प्रस्ताव गरेका हुन् । कार्यसम्पादन समितिमा पूर्व पदाधिकारीहरू सबैको नाम परेको छ ।

कार्य सम्पादन समितिमा सभापति देउवासहित १३ जना पदाधिकारी, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारीहरू समेटिएका छन् । त्यस्तै केही सिनियर केन्द्रीय सदस्यहरू पनि कार्यसम्पादन समितिमा परेका छन् ।

४६ मध्ये सभापति देउवाले ३७ जनालाई समेटेका छन् भने ११ जनालाई पछि मनोनयन गरिनेछ । बैठकमा सभापति देउवाले कोडिभका कारण भर्चुअल बैठक बस्नु परेको बताएका थिए । बैठकमा महामन्त्री गगन थापाले कार्य सम्पादन समितिको नाम पढेर सुनाएका थिए । सभापति देउवाले छुटेकालाई पछि अटाउने आश्वासन दिएका छन् ।

केन्द्रीय कार्यसम्पादन समिति यस्तो छ –
शेरबहादुर देउवा – सभापति

रामचन्द्र पौडेल – वरिष्ठ नेता

पूणर्बहादुर खड्का – उपसभापति

धनराज गुरुङ – उपसभापति

गगन थापा- महामन्त्री

विश्वप्रकाश शर्मा महामन्त्री

फरमुल्लाह मन्सुर – सहमहामन्त्री

भीष्मराज आङदाम्बे – सहमहामन्त्री

उमाकान्त चौधरी- सहमहामन्त्री

महेन्द्र यादव – सहमहामन्त्री

महालक्ष्मी उपाध्याय डिना – सहमहामन्त्री

किशोरसिंह राठौंर- सहमहामन्त्री

बद्री पाण्डे – सहमहामन्त्री

जीवन परियार- सहमहामन्त्री

गोपालमान श्रेष्ठ

प्रकाशमान सिंह

विमलेन्द्र निधि

विजयकुमार गच्छदार

कृष्णप्रसाद सिटौला

डा.शशांक कोइराला

चित्रलेखा यादव

डा.रामशरण महत

अर्जुननरसिंह केसी

डा.प्रकाशशरण महत

सुनिलबहादुर थापा

डा.शेखर कोइराला

बलबहादुर केसी

बालकृष्ण खाण

ज्ञानेन्द्रबहादुर कार्की

उमा रेग्मी

रमेश रिजाल

डा.नारायण खड्का

जीपछिरिङ लामा

एनपी साउद

जीवनबहादुर शाही

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७