खोप अभियानको एक वर्ष : अझै डेढ करोडले लगाउन बाँकी


१४ माघ २०७८, शुक्रबार
corona khop 1
फाइल फोटो

काठमाडौं । नेपालमा कोरोनाविरुद्ध खोप लगाउन थालिएको आज (शुक्रबार) एक वर्ष पूरा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पूर्ण मात्रा खोप लगाउनेको संख्या एक करोड ३७ लाख ३४ हजार ३९० पुगेको छ । हालसम्म ३ करोड ४ लाख ७५ हजार ५८९ मात्रा खोप लगाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तथ्यांकअनुसार नेपालमा अझै सबै उमेर समूहका एक करोड ५४ लाख बढीले खोप लगाएका छैनन् । खोप भारतबाट अनुदानमार्फत् माघ ८ गते नै आइसकेको भए पनि आवश्यक तयारी गर्नुपर्ने भएकाले सरकारले १४ गतेबाट खोप अभियान सुरु गरेको थियो । एक मात्रा खोप लगाएकाको संख्या १ करोड ६४ लाख ५८ हजार ४ सय ७५ पुगेको छ । यस्तै, अतिरिक्त खोप लगाउनेको संख्या २ लाख ८२ हजार ७ सय २४ पुगेको छ ।

नेपालमा पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका तत्कालीन निर्देशक डा. सागरराज भण्डारीले लगाएका थिए। सुरुमा खोप अभियानमा खोप लगाउन थुप्रै नागरिक हच्कीएका थिए । खोप अभियानको सुरुवातमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीका लाई प्राथमिकतामा राखेर भएको थियो । लगत्तै वृद्धावृद्ध, वयस्क, र बालबालिकालाई खोप दिइएको थियो । सरकारले आगामि चैतसम्म आम नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिए पनि कार्यान्वयनमा चुनौति देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७