कोरोनाबाट एकै दिन १० जनाको मृत्यु, ६,८२७ जनामा संक्रमण


१४ माघ २०७८, शुक्रबार
korona 1

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६,८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा १९ हजार ८६९ वटा नमुना परीक्षण भएको थियो ।

मन्त्रालयले २४ घण्टाको अवधिमै निको हुनेको संख्या पनि ५,४३२ जना रहेको छ । योसँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ जना कायम भएको छ । बिहीबार यस्तो संख्या ९० हजार बढी थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७