संसदीय सुनुवाइ समितिको कुनै औचित्य छैन : देव गुरुङ


१४ माघ २०७८, शुक्रबार
devprasad gurung

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाइ समितिको कुनै औचित्य नरहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सचेतक गुरुङले हालसम्मको अनुभवलाई स्मरण गराउँदै सो समितिको औचित्य र अर्थ नरहेको बताए ।

पूर्व कानुनमन्त्री समेत रहेका उनले संविधानले परिकल्पना गरेअनुसार काम गर्न नसकेको बताए । उनले संसदीय समितिलाई प्रभावकारी बनाउने हो भने संघीय संसद ऐनलाई संशोधन गरेर अघि बढनुको विकल्प नरहेको पनि बताए ।

मन्त्रिपरिषद, कानुन परिषद् वा संवैधानिक परिषद्ले सिफारिस गरेका प्रस्तावलाई स्वीकार गरेर जाने अवस्था हाल रहेको बताउँदै उनले यसबाट समितिको काममा प्रभावकारिता नआउने बताए । बैठकमा संसदीय सुनुवाइका सम्बन्धमा नेपाल कानुन आयोगले तयार पार्न लागेको विधयेकका बारेमा छलफल गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७