प्रचण्डले लिए आफ्ना पार्टीका मन्त्रीहरुको कामको विवरण


१४ माघ २०७८, शुक्रबार
maoist minister meeting with prachanda p7JC1Ue2ve

काठमाडौं । पार्टीबाट सरकारमा सहभागी नेताहरुको काम-कारबाहीबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जानकारी लिएका छन् । दाहाल पार्टीले गठन गरेको सरकार सञ्चालन संयन्त्रका अध्यक्ष समेत हुन् ।

सिंहदरबारस्थित माओवादी केन्द्र दलको कार्यालयमा प्रचण्डले अहिलेसम्म भएका कामको विवरण मन्त्रीहरुबाट लिएको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

‘सरकारको कामलाई प्रभावकारी बनाउन र आफूले नेतृत्व गरेका मन्त्रालयबाट जनसेवाका काम अझै बढी जनमुखी बनाउनेबारे छलफल केन्द्रित छ,’ मल्लले भने, ‘मन्त्रीहरुको रिपोर्ट सुनेपछि अध्यक्षले थप निर्देशन दिनु हुनेछ ।’

संयन्त्रको सचिवमा नेता हरिबोल गजुरेल छन् । सरकारमा पार्टीबाट प्रतिनिधित्व गरिरहेका मन्त्री र राज्यमन्त्रीलाई संयन्त्रको सदस्यमा राखिएको छ । पछिल्ला दिन माओवादी केन्द्रका मन्त्रीहरुबाट जनताको भावना अनुसारको काम नभएको गुनासो पार्टीभित्रै उठ्न थालेपछि प्रचण्डले संयन्त्र बैठक राखेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७