२८ करोड राजश्व छलि मुद्दामा जेल परेका रायभरलाई २५ हजार धरौटीमा छाड्न आदेश


१४ माघ २०७८, शुक्रबार
sarbochha 1

काठमाडौं । सर्वोच्च अदालतले बाराका उमाशंकर रायभरलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । पाटन उच्च अदालतले गत वर्षको फागुन १९ गते ७५ लाख धरौटी मागेपछि बुझाउन नसकेर नख्खु कारागारमा रहेका रायभरलाई २५ हजार धरौटीमा छाड्न सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले आदेश दिएको हो ।

सर्लाहीका सरोजकुमार मिश्रले जागिर लगाइदिने प्रलोभनमा उमाशंकरको नागरिकता लिई हस्ताक्षर र ल्याप्चेसमेत दुरुपयोग गरेर विभिन्न कम्पनी खोलेका थिए । ती कम्पनीहरूबाट करिब एक अर्ब ४ करोड रुपैयाँ राजश्व ठगी गरेको भन्दै मिश्रसहित १७ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा चलाइएको थियो । त्यसमध्ये रायभरमाथि २८ करोड रुपैयाँ ठगी गरेको अभियोग थियो ।

सर्वोच्च अदालतले कसुरमा रायभरको भूमिका, त्यहाँबाट उनले लाभ नलिएको अवस्था र उनको पारिवारिक स्थितिलाई समेत विचार गरी २५ हजार रुपैयाँ धरौटी माग्ने आदेश गरेको हो । रायभरका काका रुपनारायण रायभरले आइतबार धरौटी जम्मा गरेपछि उमाशंकर जेलमुक्त हुनेछन् ।

1 5
2 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७