दूधको मूल्य नबढाए आन्दोलनको चेतावनी


१४ माघ २०७८, शुक्रबार
milk

काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघले तत्काल दूधको मूल्य वृद्धि गर्न सरकारसँग माग गरेको छ । शुक्रबार एक पेस विज्ञप्ति जारी गर्दै संघले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गर्न सरकारसँग माग गरेको हो ।

विगत तीन वर्षदेखि दूधको मूल्य एउटै रहेको तर बजार महँगी बढेर आकाशिएसँगै किसानहरू गाई भैँसीलाई खुवाउने घाँसपात, पराल, दाना, चोकर समेत किन्न नसक्ने अवस्थामा पुगेको संघको भनाई छ । यसले किसानहरू पैसाबाटै पलायन हुने अवस्था आएको संघले बताएको छ ।

‘दूधको मूल्य वृद्धि नहुँदा किसानहरू मर्कामा पर्ने मात्र नभई आत्मनिर्भर हुने अवस्थाबाट समेत विमुख भई दूधको आयात बढ्ने देखिन्छ’ संघका महासचिव रामप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ । अब पनि मूल्य वृद्धि नभए चरणवद्ध आन्दोलनमा उत्रिने सोही विज्ञप्ति मार्फत संघले चेतावनी दिएको छ । हाल संघमा आवद्ध एक हजार ८७२ दुग्ध उत्पादक सहकारी संस्थाहरु गरी कुल ५ लाख कृषक आबद्ध छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७