विमानस्थलका कर्मचारीलाई कार्यालय समयमा व्यक्तिगत मोबाइल प्रयोग गर्न रोक


१४ माघ २०७८, शुक्रबार
airport
फाइल फोटो

काठमाडौं । अध्यागमन विभागको अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलले कार्यालय समयमा व्यक्तिगत मोबाइल प्रयोगमा रोक लगाएको छ । अध्यागमन कार्यालयमा सामाजिक सुधार गर्न यस्तो निणर्य भएको प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले जानकारी दिए ।

उनका अनुसार कार्यालय समयमा डीओ र एओ कक्षमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गरी अध्यागमनको काम गर्न निर्देशन दिइएको छ । त्यस्तै कार्यालय आउने वितिकै आफ्नो मोबाइल लकरमा राख्नुपर्ने र कार्यालय प्रायोजनको लागि मोबाइल र सीमको आवश्यकता परे सोको व्यवस्था गर्ने निणर्य भएको शाहीले बताए । अत्यावश्यक काम परेमा वरिष्ठ अध्यागमन अधिकृतको जानकारीमा ल्याई स्वीकृति भएपछि मात्र गर्ने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७