पाइलटको जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने कार्की पक्राउ


१४ माघ २०७८, शुक्रबार
arrestkakri1 20220128113612

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार विष्णुबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । बाजुरा घर भई काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका ४४ वर्षीय कार्कीलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले उनलाई बैंकिङ कसुर मुद्दामा कैद र जरिवाना दुवै सजाय सुनाएको छ । प्रहरीका अनुसार अदालतले गत २०७७ माघ ६ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ७ दिन कैद र २७ लाख जरिवाना, जिल्ला अदालत काठमाडौंले २०६० पुस १० गतेको फैसलाले वैदेशिक रोजगार मुद्दामा ३ वर्ष कैद र दुई लाख ५० हजार जरिवाना, बैकिङ् कसुर मुद्दामा १ वर्ष कैद सजाय र एक लाख ५९ हजार जरिवाना र बैंकिङ कसुर मुद्दामा १ वर्ष कैद सजाय र ३०,००० जरिवाना सुनाएको छ ।

कार्कीले एयरलाइन्समा पाइलटको जागिर लगाइदिन्छु, डिमाण्ड ड्राफ्ट बनाइ दिन्छुलगायतका बहानामा ठगी समेत गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७