सामुहिक बलात्कार आरोपमा एकै परिवारका ११ जना पक्राउ


१४ माघ २०७८, शुक्रबार
Indiarapecasee1 20220128121816

नयाँदिल्ली । सामुहिक बलात्कारको आरोपमा भारतको राजधानी दिल्लीमा एकै परिवारका ११ सदस्य पक्राउ परेका छन् । नयाँदिल्ली प्रहरीले सामुहिक बलात्कारको आरोपमा शुक्रबार एकै परिवारका ११ सदस्य पक्राउ गरेको हो ।

बालबालिकासहित एकै परिवारका ११ सदस्य पक्राउ परेको प्रहरीले जनाएको छ । स्थानीय युवकको बदला लिन सो परिवारका सदस्यले २० वर्षीया पीडित युवतीमाथि बलात्कार गरेको र बलात्कारपश्चात ती युवतीलाई जबरजस्ती मोसो दलेर जुत्ताको माला लगाई नयाँ दिल्लीको कस्तुर्वा नगर परिक्रमा गराएको प्रहरीले जनाएको छ ।

सो घटनामा आरोपित परिवारका छोरासँग परिवारका अन्य सदस्य संलग्न भएको भन्दै सबैलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पीडित युवती हालः अस्पताल भर्ना गरिएको र उनको मेडिकल रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७