निजी र ट्याक्सी बाहेकका सवारीमा जोर-बिजोर हटाउन सिफारिस

माघभर विद्यालय नखुलाउन सिफारिस


१४ माघ २०७८, शुक्रबार
RoS Ktm20200724IMG 13703917 scaled

काठमाडौं । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले ट्याक्सी र निजी बाहेकका सार्वजनिक सवारी साधनबाट जोर-बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।

सीसीएमसीसीले मन्त्रिपरिषद् बैठकबाट निणर्य गरेर सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोर बिजोर प्रणाली हटाउने निणर्य भएको सीसीएमसीसीले जनाएको छ ।
यस्तै सीसीएमसीले विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठकमा रोक लगाउने निणर्य माघ मसान्तसम्म कायमै राख्न सरकारलाई सिफारिस गरेको छ ।

सीसीएमसीको शुक्रबार बसेको बैठकले यस्तो सिफारिस गरेको हो । बैठकले विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षा भने स्वास्थ्य मापदण्ड अपनाएर गर्न अनुमति दिन सिफारिस गरेको छ । सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले भ्याक्सिनेसन (खोप अभियान) का लागि विद्यालय खोले पनि पठनपाठनका लागि भने माघ मसान्तसम्म नखोल्न सिफारिस गरिएको जानकारी दिइन् ।

‘माघ मसान्तसम्मका सिफारिस गरेका छौँ । क्याबिनेटबाट के निणर्य हुन्छ ?’ उनले भनिन्, ‘हामीले चाहिँ सबैले खोल नलगाइसकेको अवस्थाले गर्दा माघ मसान्तसम्म भ्याक्सिनेसनका लागि खोल्ने र वैकल्पिक माध्यमबाट नै कक्षाहरू सञ्चालन गर्न सिफारिस गरेका छौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७